दफा ७२
बन पैदावारमा आधारित उच्योगले जानकारी गराउनु पर्ने
कच्चा पदार्थको रुपमा वन पैदावार प्रयोग गर्ने उद्योगले उद्योग सञ्चालन गर्नुपूर्व सम्बन्धित डिभिजन वन कार्यालयमा व्यावसायिक सम्भाव्यता तथा उत्पादन गर्ने वस्तु र सेवाको बारेमा जानकारी गराउनु पर्नेछ।

तर औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानून बमोजिम लघु र घरेलु उद्यमको रुपमा रहेका उद्यमहरुको हकमा यो प्रावधान लागू हुने छैन।